नियम १५
निजमतीतर्फबाट नेपाली सेनामा कमिशन हुने

निजामतीतर्फ काम गरिरहेको प्राविधिक उम्मेदवारहरूले आर्मी प्राविधिक सेवामा कमिशन लिन इच्छा गरी प्रवर समितिले छानी निजामतीतर्फको नोकरी जोडी रुल नियम बमोजिम पाउने दर्जा र तलब स्केलमा रेगुलर कमिशन पाउन सक्नेछन्।यसरी निजामती तर्फबाट नेपाली सेनामा लिइनेमा कम्तीमा १० वर्ष उमेरका हदभित्र नोकरी गर्न पाउने हुनु पर्छ उमेरको हद लागि दश वर्ष नपुग्दै रिटायर हुनेलाई कुनै हालतमा पनि लिइने छैन ।